शालिन नेता सुशिल खड्काको नयाँ यात्रा

विदुर खबर २०७९ वैशाख १५ गते २२:४०

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कुनै गाउँमा उनको फोटो देखाउँदा सबैले लिने एउटै नाम हो शुशिल खड्का ।

Advertisement

गाउँमा रहेका बालकदेखि बृद्धसम्म सबैको मुखमा झुन्डिने नाम पनि उही नै हो शुशिल खड्का । सबैले एकाएक उनको नाम भने लिएका होइनन् । यसमा शुशिलले गरेका विशुद्ध सामाजिक कामले उनलाई चिनाएको हो ।

यसका लागि उनले ठुलै त्याग र योगदान पनि गरेका छन् । उनले दुप्चेश्वर गाउँपालिकामा मात्रै नभई जिल्लाको हरेका स्थानिय तहमा सहयोगको हात अघि बढाए । व्यवसायसँगै राजनीतिमा होमिएका खड्कालाई व्यवसायले नै राजनितिको बाटो देखायो ।

Advertisement

आफ्ना हजुरवुवा भद्रवहादुर खड्काबाट प्रभावित शुशिलले समाजसेवासँगै आफ्नो पाइला राजनितिमा अघि सारे । नेपाली कांग्रेसबाट राजनिति शुरु गरेका उनले पार्टीमा सधै शालिनता देखाए । सानालाई माया र ठुलालाई सम्मान भन्ने नाराका साथ उनले पार्टीभित्र मात्र नभई वाहिर अन्य राजनितिकर्मीलाई समेत धैर्यताको पाठ सिकाउँदै अघि बढे ।

उनले व्यक्तिगत सहयोगमा पुल निर्माणदेखि विद्यालयललाई शैक्षिक सामाग्री वितरणसम्म तथा गरिव असहाय व्यक्तिलाई निरन्तर आर्थिक तथा खाधान्न सहयोगमा जुटिरहे ।

Advertisement

यस्तै देशमा कोरोना महामारीको संक्रमण तिव्र भइरहेको अवस्थामा विभिन्न स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्रीको अभाव भइरहेको समयमा उनै शुशिल खड्का औषधी र स्वास्थ्य सामाग्री र खाद्यान्न सहयोग गर्दे ज्यानको बाजी थापेर अग्रपङ्त्तिमा उभिए ।

झण्डै दुई वर्षअघि नेपाली कांग्रेस दुप्चेश्वर–काठमाण्डौ सम्पर्क समितिको अध्यक्ष भएका खड्का गत मंसिरमा सम्पन्न भएको नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (क) को सभापतिमा भारी मतले विजयी भएकाप थिए ।

नेपाली कांग्रेस नुवाकोटमा केसी समुहको हालीमुहाली रहेको अवस्थामा उनै केसीकै गाउँमा चुनाव लड्दा शुशिलले केसी पक्षका उम्मेद्धवारलाई पराजित गरि जिल्लामा महत पक्षको विरासत कायम गरेका थिए ।

पार्टीभित्रको थिचोमिचो र अन्यायलाई निकै शालिन तरिकाले नियालेका र भोगिरहेका खड्काले एकाएक क्राान्तिकारी निर्णय लिनुपर्ने अवस्था आयो । उनले आफुलाई परेको अन्याय र अत्याचार सहेपनि पार्टीभित्र रहेका साथीलाई अन्याय भएको बुझेपछि उनले क्राान्तकारी निर्णय लिन बाध्य भए ।

यसैक्रममा यहि वैशाख ११ गते दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङसहित एक दर्जनभन्दा बढी नेतासहित उनी नेकपा एमाले प्रवेश गरे ।

खड्कासहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्ने हल्लाले नुवाकोट कांग्रेसमा भुकम्प गयो । एकाएक नेताहरुले रोक्ने प्रयास गरेपनि त्यो ढिला भइसकेको थियो ।

एमाले प्रवेश गरेपछि शुशिलले एकै शब्दमा आफुलाई पदको लोभ नभएको बताएका छन् । उनले दुःख गरेका साथीहरुको सम्मान हुन नसकेको बताउँदै पदमा बस्नुको औचित्य नरहेको बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमार्फत साथ र सहयोग दिने सबैलाई धन्यवाद दिँदै सेवा गर्ने मौका दिन आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचार

नुवाकोटले विर्सिएको नेता भुपु माननिय भद्रवहादुर खड्का

कांग्रेस प्रदेश सभापति खड्काद्धारा विद्यार्थीहरुलाई न्यायो कपडा वितरण

खड्काद्धारा सुनखानी स्वास्थ्य चौकीलाई आर्थिक सहयोग

नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’मा शुशिल खड्का बिजयी

नुवाकोटको प्रदेशसभा सभापतिमा सुशिल खड्काद्धारा उम्मेदवारी घोषणा

कांग्रेस नेता खड्काद्धारा दुप्चेश्वर महादेवको मन्दिरमा ६४ शिवलिङ्गको मूर्ति प्रतिस्थापन

सामाजसेवी खड्काको सहयोगमा दुप्चेश्वरका अशोकले संसार देखे

प्रतिक्रिया