सामाजसेवी खड्काको सहयोगमा दुप्चेश्वरका अशोकले संसार देखे

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरवेशीका १७ वर्षिय अशोक थापाले एक वर्षपछि दुबै आँखाले संसार देख्न पाएका छन् ।
दुप्चेश्वर–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष तथा समाजसेवी शुशिल खड्काको आर्थिक सहयोगमा थापाले मंगलवारबाट दुबै आँखाले संसर देख्न पाएका हुन् ।
एकवर्षअघि आँखाको भित्री नानी फुटेर आँखा देख्न नसक्ने भएका उनले आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गर्न सकेका थिएनन् । तर उनको यस्तो अवस्था देखेपछि दुप्चेश्वर गाउँपालिकाकै स्थानिय समेत रहेका खड्काले आफ्नै पहलमा उनको उपचार गरिदिएका हुन् ।
थापाको उपचारमा लागेको सबै ४६ हजार रुपैयाँ नै समाजसेवी खड्काले व्यहोरेका हुन् । उनको काठमाण्डौमा रहेको तिलगङ्गा आँखा प्रतिष्ठााबाट आँखाको अप्रेसन गरिएको हो ।
सानै उमेरका थापाले आर्थिक अभावका कारण एउटा आँखाको ज्योति गुमाएको थाहा पाउने बितिकै आर्थिक सहयोग गरेको समाजसेवी शुशिल खड्काले बताए । यस्र्तै करिव एकवर्षपछि दुबै आँखाले संसार देख्न पाएको भन्दै आकाशले खुशी व्यक्त गर्दे समाजसेवी तथा दुप्चेश्वर–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष खड्काप्रति आभारी व्यत्त गरे ।
थापाले अझै पनि समाजमा भगवानरुपी मानिस हुनुहुँदो रहेछ, मैले दुबै आँखाबाट फेरि पनि संसार देख्न पाइन्छ जस्तो लागेको पनि थिँइन उनले विदुरखबरसँग भने ।
यसअघि खड्काकै पहलमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ क्षपारकी मृगौलापिडित सुनिता तामाङ र आगलागीबाट पिडित भएका पन्चकन्या गाउँपालिका वडा नम्बर ४ थप्रेकका केशवराज भण्डारीलाई आर्थिक सहयोग वितरण गरिएको थियो ।
सम्बन्धित समाचार
प्रतिक्रिया