नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशन कात्तिक २९ गते हुने

विदुर खबर २०८३ कार्तिक २२ गते २१:०१

नुवाकाेट । नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशनअन्तर्गत नियमित पक्षको जिल्ला अधिवेशन नुवाकोटमा आइतबार आयोजना हुने भएको छ।

Advertisement

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटले प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अधिवेशनको मिति, समय र स्थान सार्वजनिक गरेको हो।

जारी विज्ञप्तिअनुसार अधिवेशन २०८३ साल कात्तिक २९ गते आइतबार बिहान ११ बजे विदुरस्थित तेकवाण्डो कम्युनिटी हलमा आयोजना हुनेछ।

Advertisement

जिल्ला अधिवेशनमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, शुभेच्छुक तथा लोकतन्त्रप्रेमी महानुभावहरूलाई उपस्थितिका लागि जिल्ला कार्यसमितिले अनुरोध गरेको छ।

अधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सक्रिय सहभागिता, सहयोग र उपस्थितिका लागि जिल्ला कार्यसमितिले अपिलसमेत गरेको छ।

Advertisement

जिल्ला कार्यसमितिका संयोजक श्रीराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा एकता, सहकार्य र आपसी सद्भावका साथ जिल्ला अधिवेशन सफल बनाउन सबैमा आग्रह गरिएको छ।

यस्तै क्षेत्र नं १ काे क्षेत्रिय अधिवेशन कात्तिक २८ गते आयाेजना गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया