सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
नुवाकोट । सम्पूर्ण जनताले सहजरूपमा स्वास्थ्य उपचार पाउनु पर्ने अधिकारलाई सुनिश्चित गर्दै नेपाल सरकारले स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको छ ।

सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत आम नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य सेवा उपयोगका क्रममा भइरहेको व्यक्तिगत खर्चलाई ब्यवस्थित गर्न स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो ।
कुनै पनि नागरिकलाई सामान्य रोगदेखि मुटु, मृगौला, क्यान्सरलगायतका कडा रोग तथा अन्य उपचारमा सहायता होस् भन्ने उद्देश्यका साथ सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
सरकारले ल्याएको यस कार्यक्रमा सबै उमेर समुहका व्यक्ति सहभागी हुन पाउने व्यवस्था छ । सरकारले २०७२ सालमा शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम देशभरका ७६ जिल्लामा विस्तार भएको छ ।
कसरी गर्ने ?
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गर्नका लागि भनेर हरेक वडामा दर्ता सहयोगी राख्ने गर्दछ । बोर्डले वडा अध्यक्षको संयोजकत्वमा दर्ता सहयोगी छान्ने गर्छ । बोर्डले छनौट गरेका दर्ता सहयोगी घर घरमा नै परिचालन हुन्छन् । ती दर्ता सहयोगीले हरेक नेपालीको घर–घरमा गएर तथ्यांक संकलन गर्ने काम गर्छन् ।
बोर्डमा आवद्ध भएका दर्ता सहयोगीहरुले घर–घरमा पुगेर ती व्यक्तिहरुलाई बीमाको दायरामा ल्याउन सहयोग गर्दछन् ।
दर्ता सहयोगीले संकलन गरेको तथ्यांकलाई बोर्डको अनलाइन प्रणालीमा राखिन्छ । त्यसपछि बीमित व्यक्तिहरुलाई कार्ड प्रदान गर्ने गर्दछन् ।
बोर्डका दर्ता सहयोगीले कार्ड उपलब्ध गराएपछि बीमितले केही समयपछि सेवा लिन पाउँछन् ।
कति लाग्छ रकम ?
स्वास्थ्य बीमा बोर्डले पाँच सदस्यीय परिवारलई एक युनिट मानेको छ । त्यो परिवारबाट बोर्डले वार्षिक ३ हजार ५ सय रुपैयाँ शुल्क लिन्छ । त्यो वापत उक्त परिवारलाई बोर्डले वार्षिक १ लाख रुपैयाँ सेवा उपलब्ध गराउँछ ।
७ जनाभन्दा बढी सदस्य परिवार रहेको हकमा भने चाँही बोर्डले सो परिवारले अतिरिक्त रुपमा प्रतिपरिवार ७ सय रुपैयाँ तिर्यो भने त्यो परिवारले अतिरिक्त एक लाखभन्दा बाहेक २० हजार रुपैयाँ बराबरको सुविधा पाउँछन् ।
के के पाइन्छ सुविधा ?
पाँच जनाको एउटा परिवारले ३५ सय रुपैयाँमा १ लाखसम्मको उपचार सुविधा पाउँछन् । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप एकजना बराबर ७ सय रुपैयाँमा २० हजारको उपचार सुविधा थप हुन्छ ।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।
तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउदैनन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।
कसरी लिने सेवा ?
उपचार सुविधाका लागि बोर्डले स्वास्थ्यचौकी र सरकारी अस्पतालसँग सम्झौता गरेको छ । बीमितले उपचारका लागि बोर्डले सम्झौता गरेको स्वास्थ्यचौकी वा अस्पताल जानुपर्नेछ ।
स्वास्थ्य स्वयंसेविका, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई १ लाख रुपैयाँबराबरको निःशुल्क बीमा व्यवस्था गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न
कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग





प्रतिक्रिया