भोटेकोशी बाढी प्रभावित विद्यार्थीलाई नुवाकोट अमेरिका सम्पर्क समितिको १५ लाख ४५ हजार नगद सहयोग
नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका नुवाकोट र रसुवाका बालबालिकाको पठनपाठनमा अवरोध नहोस् भन्ने उद्देश्यले ‘नुवाकोट-अमेरिका सम्पर्क समिति’ले १५ लाख ४५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।

प्रवासमा रहेका नुवाकोटेलीहरूको साझा संस्था समितिले विभिन्न आठवटा विद्यालय तथा छात्रावासमा अध्ययनरत विद्यार्थी र चारजना छात्रछात्रालाई व्यक्तिगत रूपमा गरी कुल २१२ जना बाढीपीडित विद्यार्थीका लागि उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो।
समितिका संस्थापक अध्यक्ष विज्ञान खनालका अनुसार सहयोग बापतको सम्पूर्ण रकम सम्बन्धित विद्यालय तथा सरोकारवालाको बैंक खातामा जम्मा भइसकेको छ।
बाढीका कारण आर्थिक तथा भौतिक क्षति व्यहोरेका परिवारका बालबालिकालाई शैक्षिक सामग्री जुटाउन र विद्यालय निरन्तरता दिन सहज होस् भन्ने अभिप्रायले यो अभियान सञ्चालन गरिएको अध्यक्ष खनालले जानकारी दिनुभयो।
‘नुवाकोट-अमेरिका सम्पर्क समिति’ सल्लाहकार धनञ्जय नरसिंह केसीका अनुसार सबै भन्दा धेरै नीलकण्ठ माध्यमिक विद्यालयका ६० जना विद्यार्थीका लागि प्रतिविद्यार्थी ५ हजार रुपैयाँका दरले ३ लाख रुपैयाँ प्रदान गरिएको छ।
त्यस्तै, चन्द्रज्योति माध्यमिक विद्यालयका ५२ जना विद्यार्थीका लागि प्रतिविद्यार्थी ५ हजारका दरले २ लाख ६० हजार र थप ५० हजार गरी कुल ३ लाख १० हजार रुपैयाँ उपलब्ध गराइएको छ।
यसैगरी, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका ४१ जना विद्यार्थीका लागि प्रतिविद्यार्थी ५ हजारका दरले २ लाख ५ हजार रुपैयाँ, आमाको माया छात्रावास (होस्टेल) का ३१ जना विद्यार्थीका लागि २ लाख रुपैयाँ तथा च्वाँडी पब्लिक माध्यमिक विद्यालयका २४ जना विद्यार्थीका लागि १ लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ।
त्रिभुवन माध्यमिक विद्यालय, किस्पाङका २० जना विद्यार्थीका लागि १ लाख रुपैयाँ, सहिद जगतप्रकाशजंग शाह माध्यमिक विद्यालयका ४ जना विद्यार्थीका लागि १ लाख रुपैयाँ र रणभुवनेश्वरी माध्यमिक विद्यालयका ३ जना विद्यार्थीका लागि १ लाख रुपैयाँ विद्यालयको खातामा पठाइएको समितिले जनाएको छ।

यसका साथै समितिले चारजना विद्यार्थीलाई व्यक्तिगत रूपमा समेत आर्थिक सहयोग गरेको छ। जसअन्तर्गत निर्भय जोशीलाई ५० हजार रुपैयाँ तथा रुक्सन अधिकारी, सनाबिक नेपाल र रोजन भुजेललाई जनही २०/२० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ।
विपद्को घडीमा प्रवासबाट गृहजिल्लाका विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन समितिले देखाएको यो मानवीय सद्भाव र सक्रियताको स्थानीय स्तरमा उच्च प्रशंसा भएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









भोटेकोशी बाढी प्रभावित विद्यार्थीलाई नुवाकोट अमेरिका सम्पर्क समितिको १५ लाख ४५ हजार नगद सहयोग
चण्डी माविका १२० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
एकीकृत तथ्याङ्क संकलन गर्न भोटेकोशी–त्रिशूली बाढी पीडितको माग
बच्छला माविका २३८ विद्यार्थीलाई न्यानो कपडा वितरण
त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पुनर्निर्माणमा एनसेल फाउन्डेसनले सघाउने





प्रतिक्रिया