विद्युतीय तुइन सञ्चालनका लागि लायन्सद्वारा जेनेरेटर सहयोग
नुवाकोट। विदुर नगरपालिका–६, सिंचाइमा सञ्चालनमा रहेको विद्युतीय स्वचालित तुइनलाई नियमित र निर्बाध रूपमा सञ्चालन गर्न लायन्स इन्टरनेसनलले १५ केभि क्षमताको जेनेरेटर उपलब्ध गराएको छ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमाथि रहेको विदुर नगरपालिका–६, सिंचाइस्थित पक्की पुल बगाएपछि यस क्षेत्रका स्थानीयवासीको आवागमनमा गम्भीर समस्या उत्पन्न भएको थियो। पुल बगेसँगै नदी वारपार गर्न कठिनाइ भएपछि लायन्स इन्टरनेसनलको सहयोगमा विद्युतीय स्वचालित तुइन जडान गरी सञ्चालनमा ल्याइएको हो ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा तुइन सञ्चालन बन्द गर्नुपर्ने र कम भोल्टेजका कारण यात्रुहरू घण्टौँसम्म तुइनमै अड्किनुपर्ने समस्या देखिएको थियो। स्थानीयवासीको दैनिक आवागमनमा परेको यस समस्यालाई समाधान गर्न लायन्स क्लबहरूको सक्रियतामा वैकल्पिक विद्युत् व्यवस्थाका लागि जेनेरेटर जडान गरिएको हो।

लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (LCIF) को आर्थिक सहयोगमा १५ केभिए क्षमताको थ्रीफेज हेभी ड्युटी जेनेरेटर उपलब्ध गराइएको लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई नेपालका क्याबिनेट सेक्रेटरी लायन अनुजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार विद्युत् आपूर्ति बन्द हुँदा तथा कम भोल्टेजका कारण तुइन सञ्चालनमा देखिएको समस्या अन्त्य गरी सेवा नियमित बनाउन जेनेरेटर जडान गरिएको हो।

यस तुइनबाट विदुर नगरपालिका वडा नं. ६, ३ र १२ तथा तारकेश्वर गाउँपालिकाको दानसिङ र गोर्स्याङ क्षेत्रका स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन्। नदीपारिका बस्तीका नागरिकलाई दैनिक आवतजावत, शिक्षा, स्वास्थ्य तथा अन्य अत्यावश्यक कामका लागि सहज पहुँच स्थापित गर्न तुइन महत्वपूर्ण माध्यम बनेको छ।
तुइन जडानका क्रममा पूर्वाधार कार्यालयले प्राविधिक सहयोग उपलब्ध गराएको थियो भने यसको नियमित सञ्चालन विदुर नगरपालिका वडा नं. ६ को कार्यालयको प्रत्यक्ष निगरानी र समन्वयमा हुँदै आएको छ।
पक्की पुल बाढीले बगाएपछि उत्पन्न आवागमनको संकटलाई कम गर्न सुरु गरिएको तुइन सञ्चालनमा अब जेनेरेटर जडानले थप विश्वसनीयता थपेको छ।

स्थानीय आवश्यकता पहिचान गरी लायन्स इन्टरनेसनल, स्थानीय क्लब र वडा कार्यालयबीचको सहकार्यमा गरिएको यस पहलले विपद्पछिको कठिन अवस्थामा स्थानीय नागरिकलाई राहत पुर्याउनुका साथै सामाजिक सेवामा संस्थागत सहकार्यको उदाहरण प्रस्तुत गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









तुप्चेका रिजालले सामाजिक सेवामार्फत जन्मदिन मनाए
विद्युतीय तुइन सञ्चालनका लागि लायन्सद्वारा जेनेरेटर सहयोग
भोटेकोशीको महाप्रलय र जाडोको कहर : राहत कोषको तमासा होइन, अब चाहियो झोलुङ्गे पुल
रेडक्रसको सहयोगमा विदुरको बाल मन्दिर पुनर्निर्माण गरिने
बाढीले प्रियजन खोस्यो, राज्यले अन्तिम बिदाइको अधिकार खोस्दैछ





प्रतिक्रिया