वडाध्यक्ष भुजेललाई ३ दिनको स्पष्टीकरण, कारबाहीको चेतावनी
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले पार्टीबाट निर्वाचित एक जनप्रतिनिसँग स्पष्टीकरण माग गरेको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमित अन्तर्गतको जिल्ला अनुशासन समितिले बेलकाेटगढी नगरपालिका वडा नं. ५ का निर्वाचित जनप्रतिनिधि मदन भुजेललाई ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
जिल्ला अनुशासन समितिका उपसभापति एवं संयोजक राजु थापाद्वारा हस्ताक्षरित पत्रमा भुजेलले अन्य पार्टीको सदस्यता प्राप्त गरेको भन्दै जिल्ला अनुशासन समितिमा उजुरी परेको उल्लेख गरिएको छ।

पार्टीको विधान २०१७ (संशोधन सहितको) धारा ३४ को उपधारा ४(ङ) बमोजिम ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको र तोकिएको समयमा स्पष्टीकरण प्राप्त नभए वा चित्तबुझ्दो नभएमा विधानको सोही धाराको उपधारा ४(छ) अनुसार थप कारबाहीका लागि प्रदेश अनुशासन समितिमा लेखि पठाउने तथा निर्वाचन आयोगमा निर्वाचित पदबाट फिर्ता बोलाउन पत्राचार गर्न सिफारिस गरिने चेतावनी समेत दिइएको छ।

यसअघि बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदन भुजेलले रास्वपाको सदस्यता लिएको हल्ला सामाजिक संजालमा छरपष्ट भएको थियो । तर यो विषयमा भने वडाध्यक्ष भुजलेलले कुनै प्रतिक्रिया दिएका छैनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









बाढीले प्रियजन खोस्यो, राज्यले अन्तिम बिदाइको अधिकार खोस्दैछ
वडाध्यक्ष भुजेललाई ३ दिनको स्पष्टीकरण, कारबाहीको चेतावनी
एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौँः केपी ओली
ढोडेबेसीमा अस्थायी मोटरेबल पुल निर्माण सुरु, ‘फास्ट ट्र्याक’मा काम सक्ने तयारी
त्रिशूलीका बाढीपीडितले प्राधिकरणको जग्गामा डोजर चलाए





प्रतिक्रिया