स्काई लभ फाउन्डेसनद्वारा न्यानो कपडा वितरण
विदुर खबर
२०८३ मंसिर १ गते १८:०७
नुवाकोट । उत्तरगया गाउँपालिका वडा नं. १ का बाढी प्रभावित नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ।

विदुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लीलानाथ न्यौपानेको आवश्यक समन्वय तथा विशेष पहलमा स्काई लभ फाउन्डेसनको आर्थिक तथा सामग्री सहयोगमा उक्त राहत वितरण कार्यक्रम सम्पन्न भएको हो।
बाढीका कारण विस्थापित भई हाल अस्थायी रूपमा आश्रय लिइरहेका कोदोवारी होल्डिङ सेन्टरका प्रभावित परिवारहरूलाई चिसो मौसमबाट जोगाउने उद्देश्यले न्यानो कपडा प्रदान गरिएको हो।

विपद्को कठिन समयमा स्थानीय जनप्रतिनिधि र परोपकारी संस्थाहरूको सहकार्यले प्रभावित परिवारलाई ठूलो राहत मिलेको छ।

यस मानवीय सहयोग तथा सहकार्यका लागि स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले स्काई लभ फाउन्डेसन र समन्वयकारी भूमिका निर्वाह गर्नुहुने वडा अध्यक्ष न्यौपानेप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









स्काई लभ फाउन्डेसनद्वारा न्यानो कपडा वितरण
भोटेकोशी बाढीपीडितहरूको हकहित र न्यायका लागि बेत्रावतीमा साझा सरोकार समिति गठन
दुप्चेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा पञ्चकन्याका कार्कीको निधन
पुनर्निर्माणको पर्खाइमा त्रिशूली र देवीघाट जलविद्युत गृह
विदुर–१० भैँसेदेखि तुप्चे जोड्ने मार्गमा ह्युम पाइप राख्ने कार्य सुरु





प्रतिक्रिया