बेलकोटगढीका वडा अध्यक्ष भुजेल रास्वपा प्रवेश, कांग्रेसमा हलचल
नुवाकोट । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका सक्रिय नेता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

बेलकोटगढी नगरपालिका–५ का वडा अध्यक्ष एवम् नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मदन भुजेलले कांग्रेस परित्याग गर्दै रास्वपाको सदस्यता लिनुभएको छ। रास्वपाको आधिकारिक विवरणअनुसार वडा अध्यक्ष भुजेलले कात्तिक २८ गते पार्टीको सदस्यता लिनुभएको हो।
उहाँको सदस्यता नम्बर ०००४४६३८० रहेको छ। पार्टी प्रवेशको औपचारिक घोषणा भने उहाँले आगामी केही दिनभित्रै गर्ने तयारी गर्नुभएको निकट स्रोतले जनाएको छ।
कोल्पुटार निवासी भुजेल लामो समयदेखि नुवाकोटको कांग्रेस राजनीतिमा क्रियाशील रहँदै आउनुभएको छ। उहाँ कांग्रेसको १४ औँ महाधिवेशनमा नुवाकोट क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ क्षेत्रीय उपसभापतिमा निर्वाचित हुनुभएको थियो। यसैगरी, १५ औँ महाधिवेशनका लागि उहाँ पार्टी नेता गगन थापा पक्षबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुहुन्थ्यो।
यसअघि उहाँले साविक दुईपिपल गाउँ इकाई सभापतिको जिम्मेवारीसमेत सफलतापूर्वक सम्हालिसक्नुभएको छ।
कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, गुटगत असन्तुष्टि र आम जनतामा बढेको निराशाका बीच पार्टी जनअपेक्षाअनुसार अघि बढ्न नसकेको निष्कर्षसहित आफूले कांग्रेस छाडेको भुजेलनिकट स्रोतको दाबी छ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका एक जना वडा अध्यक्षले पार्टी परिवर्तन गर्नुलाई नुवाकोटको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि पनि बेलकोटगढी क्षेत्रबाट कांग्रेसका विभिन्न नेता तथा कार्यकर्ताले पार्टी छाड्ने घोषणा गरेका थिए। जनप्रतिनिधिको रूपमा सक्रिय भुजेलको यो निर्णयले स्थानीय तहमा कांग्रेसको संगठनात्मक अवस्था र आगामी राजनीतिक समीकरणमा थप तरंग सिर्जना गर्ने देखिएको छ।

यस विषयमा वडा अध्यक्ष भुजेलसँग बुझ्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन। पार्टी प्रवेशको औपचारिक घोषणापछि उहाँले आफ्ना धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









विदुर–१० भैँसेदेखि तुप्चे जोड्ने मार्गमा ह्युम पाइप राख्ने कार्य सुरु
बेलकोटगढीका वडा अध्यक्ष भुजेल रास्वपा प्रवेश, कांग्रेसमा हलचल
पार्टीका लागि ज्यान दिन तयार छु : शेरबहादुर देउवा
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
प्रहरी महानिरीक्षक केसीलाई तुप्चे–काठमाडौं एकता समाजको सम्मान





प्रतिक्रिया