पार्टीका लागि ज्यान दिन तयार छु : शेरबहादुर देउवा
नुवाकोट । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई ५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेको बताएका छन् ।

देउवा समूहको ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसका लागि ज्याज दिन तयार रहेको बताएका हुन् ।
‘५ पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन,’ पूर्वसभापति देउवाले भने, ‘जुन पार्टीले मलाई ५ पटक प्राइममिनिस्टर बनायो त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ ।’
कांग्रेस नेपाली जनताले बनाएको पार्टी भएको जिकिर गर्दै उनले जनताका प्रतिनिधिबाहेक कसैले पनि ‘हाइज्याक’ गर्न नसक्ने बताए ।
‘नेपाली कांग्रेस नेपाली जनताले बनाएको पार्टी हो । नेपाली जनताको पार्टी हो,’ देउवाले भने, ‘जनताका प्रतिनिधिबाहेक कसैले हाइज्याक गर्न सक्दैन ।’
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा आफूले न्याय पाएको स्मरण गर्दै देउवाले अदालतबाट फेरि पनि न्याय पाउनेमा आफू विशवस्त भएको दोहोर्याए ।
‘अदालतमा मेरो विश्वास छ । १८ करोडको कुरा आएको छ,’ उनले भने, ‘अदालतले निष्पक्ष न्याय दिनेमा विश्वस्त छु ।’
पूर्वसभापति देउवाले २३–२४ भदौ २०८२ को घटना षडयन्त्र भएको पनि दाबी गरे । ‘त्यो षडयन्त्र थियो हेर्नुस् । जो डेमोक्रेसीका लागि लडे, जेल जीवन बिताए, ती नेताका
सन्तान, आश्रम छानिछानी जलाइएको छ,’ देउवाले भने ।
कांग्रेसका संस्थापक नेताहरूका छोराहरू आफूसँग रहेको भन्दै उनले सुवर्णशमशेरका सन्तानहरूसँग पनि कुरा गर्ने बताए ।

‘बीपीका छोरा, गणेशमानजीका छोरा, महेन्द्रनारायण निधिका छोरा हामीसँगै हुनुहुन्छ । किशुनजीले बिहे नै गर्नुभएन,’ उनले भने, ‘पार्टीका लागि पसिना बगाएका नेताहरूका सन्तानहरू हामीसँगै हुनुहुन्छ । सुवर्ण शमशेरका छोरा हुनुहुन्न । नातिहरू भोलि आउनसक्छन्, म कुरा गर्छु ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पार्टीका लागि ज्यान दिन तयार छु : शेरबहादुर देउवा
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
प्रहरी महानिरीक्षक केसीलाई तुप्चे–काठमाडौं एकता समाजको सम्मान
छठ पर्वको भोलिपल्ट सार्वजनिक बिदा
नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशन मंसिर ६ गते बट्टारमा हुने





प्रतिक्रिया