पूर्व उपप्रधानमन्त्री रायमाझी जेलमुक्त

विदुर खबर २०८३ कार्तिक २७ गते ९:३६

नुवाकोट । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा भएका छन् ।

Advertisement

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने २५ प्रतिशत कैद छुट सुविधाअनुसार उनी डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।

काठमाडौं जिल्ला अदालतको पत्राचारपछि कारागार प्रशासनले उनलाई रिहा गरेको हो ।

Advertisement

रायमाझीलाई यस प्रकरणमा अदालतले चार वर्ष कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया