काठमाडौंको गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

विदुर खबर २०८३ कार्तिक ११ गते १०:४८

नुवाकोट । काठमाडौंको एक गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा पाँचथरको फालेलुङ- ५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन् ।

सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार काठमाडौं महानगरपालिका -३२ स्थित विश्राम गेस्ट हाउसबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

गए राति सशस्त्र प्रहरीको टोलीले उनीहरूको साथबाट १ सय २० ग्राम ब्राउन सुगर सहित उनीहरूलाईज्ञ नियन्त्रणमा लिएको उनले बताए ।

उनका अनुसार गेस्ट हाउबाट ब्राउन सुगर बिक्री गरिरहेका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रतिक्रिया