आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना
नुवाकोट । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने भएको छ।

देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
त्यसैगरी, आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
राति तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना
स्याङ्जामा ४७ वर्षीय पुरुष मृ*त फेला
आज नवरात्रको सातौं दिन, फूलपाती भित्र्याइँदै
नुवाकोटमा बाढीको कहर: २,७२३ बेपत्ता हुँदा साढे ३ हजार बढीको उद्धार
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा





प्रतिक्रिया