चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

विदुर खबर २०७८ पुष ६ गते ८:३७

नुवाकोट । न्यून चापीय प्रणालीको आंशिक प्रभाव पर्न थालेको छ।

Advertisement

पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। चिसो हावा चल्दा जाडो बढेको छ । बिहान तुसारो पनि पर्न थालेको छ । चिसो हावा र तुसारोका कारण जाडो बढेको हो ।

मौसमविद्का अनुसार उत्तर पश्चिमी क्षेत्रबाट नेपाल आउने हावा हिमाली क्षेत्र हुँदै बहन्छ । हिउँ परेको हिमाली क्षेत्र हुँदै बहने हावा बढी चिसो हुने गरेको हो । आज पारिलो घाम नलाग्ने मौसमविद्ले बताएका छन् । उपत्यकामा बिहान न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

Advertisement

आज पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने भएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको बताइएको छ ।

Advertisement

प्रतिक्रिया