तारकेश्वरका तीन सडक स्तरोन्नतिका लागि ४३ करोड बजेट निकासा
नुवाकोट । तारकेश्वर गाउँपालिकाका तीनवटा मुख्य सडकको कालोपत्रे तथा ढलानसहितको स्तरोन्नतिका लागि रु. ४३ करोड बजेट निकासा भएको छ ।
गाउँपालिका विपद् व्यवस्थापन समितिको सिफारिस र गाउँकार्यपालिकाको निर्णयबमोजिम माग गरिएको उक्त बजेट निकासा भएसँगै तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

निकासा भएको कुल बजेटमध्ये चन्दनी–सिम्ले–ढाँडाखर्क–दाङसिङ सडकका लागि रु. १३ करोड, कोशीखोला–पिमलटार–उपल्लोडिही–जोरचौतारा–काउले–धादिङ सडकका लागि रु. २० करोड र बगुवा–सिमलेबेसी–खोलेबेसी–कोलडाँडा–तारुका सडकका लागि रु. १० करोड विनियोजन गरिएको छ ।
बजेट निकासा भएसँगै गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले आज जिल्ला पूर्वाधार डिभिजन कार्यालयका प्रमुखसँग भेट गरी केही दिनभित्रै प्राविधिक नापजाँच सम्पन्न गरेर ठेक्का प्रक्रिया सुरु गर्न आग्रह गर्नुभएको छ ।
छलफलका क्रममा अध्यक्ष अधिकारीले हालको इस्टिमेटमा कालोपत्रे नभई ढलान मात्रै गर्ने उल्लेख भएको बुझिएको भन्दै स्थानीय भौगोलिक आवश्यकताअनुसार ढलान र कालोपत्रे दुवै गर्ने प्रबन्ध मिलाउन ध्यानाकर्षण गराउनुभयो ।
त्यसका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक नीतिगत निर्णय र पहलकदमी गर्न आफू तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

अध्यक्ष अधिकारीको आग्रहबमोजिम केही दिनमै प्राविधिक सर्वेक्षणको काम सम्पन्न गरी ठेक्का प्रक्रिया अगाडि बढाइने जिल्ला पूर्वाधार डिभिजन कार्यालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









विदुरका सामुदायिक विद्यालयहरू अब आइतबार पनि खुल्ने
तारकेश्वरका तीन सडक स्तरोन्नतिका लागि ४३ करोड बजेट निकासा
डिएनएको बहानामा भोटेकोसी बाढीपीडितलाई थप पीडा
भोटेकोशी बाढीको ९० दिन : न पुल बन्यो, न विस्थापितको पुनर्वास
सरकारलाई गगनको चेतावनी– पक्राउ गर्ने भए हतकडी लिएर आउनु





प्रतिक्रिया