एकीकृत तथ्याङ्क संकलन गर्न भोटेकोशी–त्रिशूली बाढी पीडितको माग
नुवाकोट । गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–५ का बाढी पीडितहरूले राहत र सहयोगका नाममा बारम्बार फारम भर्नुपर्दा आफूहरू दोहोरो मारमा परेको गुनासो गरेका छन् ।

बाढी पीडित नविन चित्रकारले शुक्रबार (मंसिर ५ गते) विदुर नगरपालिकाका नगर प्रमुख र वडा नं. ५ का वडा अध्यक्षसमक्ष लिखित निवेदन बुझाउँदै सम्पूर्ण पीडितहरूको एकीकृत, पारदर्शी र आधिकारिक तथ्याङ्क संकलन गरी अद्यावधिक गरिदिन माग गरेका हुन् ।
निवेदनमा राहत, पुनर्निर्माण र सहयोगका लागि आउने विभिन्न संघ–संस्था तथा निकायहरूलाई छुट्टाछुट्टै विवरण बुझाउँदा हालसम्म एउटै परिवारले ३० देखि ३५ वटासम्म फारम भरिसकेको उल्लेख छ ।
अझै पनि विभिन्न संस्थाहरू आउने क्रम जारी रहेकाले प्रत्येक पटक छुट्टाछुट्टै फारम भर्न धाउनुपर्दा पीडितहरूको अमूल्य समय, श्रम र मानसिक शान्ति खलबलिएको चित्रकारले बताएका छन् ।
फरक–फरक निकायले अलग–अलग तथ्याङ्क संकलन गर्दा वास्तविक पीडितहरू छुट्ने र कतिपय दोहोरिने जोखिम बढेको पीडितहरूको भनाइ छ ।

स्थानीय सरकारले एकैपटक आधिकारिक तथ्याङ्क प्रमाणीकरण गरी एकद्वार प्रणालीमार्फत सहयोगी संघ–संस्थाहरूलाई उपलब्ध गराउने व्यवस्था मिलाए राहत वितरण छिटो, व्यवस्थित र न्यायोचित हुने निवेदनमा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









एकीकृत तथ्याङ्क संकलन गर्न भोटेकोशी–त्रिशूली बाढी पीडितको माग
बच्छला माविका २३८ विद्यार्थीलाई न्यानो कपडा वितरण
त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पुनर्निर्माणमा एनसेल फाउन्डेसनले सघाउने
“हल्ला नगर्नु है” भन्दै भुजेल रास्वपा प्रवेश गरेको पुष्टि
तुप्चेका रिजालले सामाजिक सेवामार्फत जन्मदिन मनाए





प्रतिक्रिया