तुप्चेका रिजालले सामाजिक सेवामार्फत जन्मदिन मनाए

विदुर खबर २०८३ मंसिर ३ गते २१:५८

नुवाकोट । विदुर नगरपालिका–७, तुप्चेका आशिष रिजालले आफ्नो जन्मदिन सामाजिक तथा मानवीय सेवाका कार्य गरेर मनाएका छन् ।

जन्मदिनको अवसरमा रिजालले आकस्मिक रक्तदान गरेका हुन् । यो उनको १५ औँ पटकको रक्तदान हो। त्यसैगरी जन्मदिनकाे अवसर पारेर देविघा६मा रहेकाे वृद्धाश्रममा रहेका २८ जना ज्येष्ठ नागरिकका लागि खाद्यान्न वितरण समेत गरे ।


त्यस्तै, विदुर नगरपालिका–५ स्थित बौद्धिक अपाङ्गता केन्द्रमा पुगेर केक काट्दै त्यहाँ रहेका १५ जनालाई खाजा खुवाउनुका साथै खुसी साटासाट गरे ।

जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी सामाजिक सेवा, मानवीय भावना र परोपकारी कार्यसँग जोड्ने उद्देश्यले यी कार्यक्रम गरिएको रिजालले बताए ।

प्रतिक्रिया