रेडक्रसको सहयोगमा विदुरको बाल मन्दिर पुनर्निर्माण गरिने
नुवाकोट। २०७२ को विनाशकारी भूकम्प ले प्रयोग गर्न नमिल्ने गरी क्षति पुर्याएको सदरमुकाम विदुरस्थित बाल मन्दिरको भवन अब पुनर्निर्माण हुने भएको छ।

विदुर नगरपालिका वडा नं. ४ स्थित नेपाल बाल संगठन नुवाकोटको स्वामित्वमा रहेको उक्त ऐतिहासिक एवं महत्त्वपूर्ण भवन पुनर्निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले प्रक्रिया अगाडि बढाएको हो।
पुनर्निर्माण कार्यलाई मूर्त रूप दिन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट र नेपाल बाल संगठन (बाल मन्दिर) समितिबीच निर्माण हुने नयाँ भवनको नक्सा (डिजाइन) मा औपचारिक सहमति जुटेको छ। दुवै पक्षबीच नक्सामा सहमति भएसँगै रेडक्रसले भवन निर्माणका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया तत्काल अगाडि बढाउने जनाएको छ।

यो भवन विदुर नगरपालिकाको समन्वय तथा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को सहयोगमा निर्माण हुन लागेको हो।
विसं २०७२ को गोरखा भूकम्पका कारण बाल मन्दिरको भवन पूर्ण रूपमा क्षतिग्रस्त भई प्रयोगविहीन बनेपछि बालबालिकाका गतिविधि तथा संगठनको कार्यसञ्चालनमा कठिनाइ हुँदै आएको थियो।

लामो समयको प्रतीक्षापछि हुन लागेको यो पुनर्निर्माणले बालबालिकाको संरक्षण, पठनपाठन, हेरचाह तथा विविध सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्न निकै सहज हुने विश्वास लिइएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









तुप्चेका रिजालले सामाजिक सेवामार्फत जन्मदिन मनाए
विद्युतीय तुइन सञ्चालनका लागि लायन्सद्वारा जेनेरेटर सहयोग
भोटेकोशीको महाप्रलय र जाडोको कहर : राहत कोषको तमासा होइन, अब चाहियो झोलुङ्गे पुल
रेडक्रसको सहयोगमा विदुरको बाल मन्दिर पुनर्निर्माण गरिने
बाढीले प्रियजन खोस्यो, राज्यले अन्तिम बिदाइको अधिकार खोस्दैछ





प्रतिक्रिया