विदुर–५ का सुत्केरी आमाहरूलाई न्यानो कपडा वितरण

विदुर खबर २०८३ मंसिर १२ गते २१:१७

नुवाकोट । विदुर नगरपालिका वडा नं. ५ अन्तर्गत सञ्चालित शहरी स्वास्थ्य केन्द्रमा सेवा लिइरहेका सुत्केरी आमाहरूलाई न्यानो कपडा वितरण गरिएको छ।

वडा नं. ५ का वडा अध्यक्ष लीलानाथ न्यौपानेको समन्वय तथा पहलमा ६ महिनासम्मका शिशु भएका सुत्केरी आमाहरूलाई श्री यशोदादेवी भगवान सिंह मेमोरियल ट्रस्टद्वारा न्यानो कपडा प्रदान गरिएको हो।

आमा तथा शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै मानवीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत ट्रस्टले उपलब्ध गराएको यस सहयोगले सुत्केरी आमा र नवजात शिशुलाई चिसोबाट जोगाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

उक्त सराहनीय सहयोगका लागि श्री यशोदादेवी भगवान सिंह मेमोरियल ट्रस्टप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको छ।

प्रतिक्रिया