जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ
विदुर खबर
२०८३ असोज २६ गते २१:१५
नुवाकोट । जुवा खेल्दै गरेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोकर्णेश्वर नगरपालिका–१ ओख्रेनीस्थित एक घरबाट ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–१ ३९ वर्षीय वीरबहादुर तामाङ, सोही ठाउँका ४९ वर्षीय बुद्धीबहादुर तामाङ, सोही ठाउँका २९ वर्षीय राजन तामाङ, सिन्धुपाल्चोकका २८ वर्षीय समर तामाङ, रामेछापका ३४ वर्षीय बिक्की लामा, सिन्धुपाल्चोकका ३९ वर्षीय रवि थिङ र सिन्धुपाल्चोककै ४० वर्षीय प्रवीन तामाङ छन् ।
उनीहरूबाट ५ लाख ५२ हजार ३ सय नगद बरामद भएको छ । ६३ वटा कौडा पनि बरामद भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसनधान अघि बढाइएको छ । पक्राउ परेका मध्ये बिक्की र रवि यसअघि पनि जुवा खेलेको आरोपमा मुद्दा चलेका व्यक्ति हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ
तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सुरु: बृद्धभत्तासँगै थपिएको प्रोत्साहन भत्ताको पहिलो किस्ता वितरण
रामहरि आचायको “ऐतिहासिक नुवाकोट भाग–१” लोकार्पण
बेत्रावतीमा नयाँ मोडुलर एक्रो ब्रिज सञ्चालन आयाे
आज नवरात्रको दोस्रो दिन, माता ब्रह्मचारिणीको विधिवत् पूजा-आराधना गरेर मनाइदैँ





प्रतिक्रिया