इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
विदुर खबर
२०८३ भदौ ३० गते २१:३३
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ स्थित इन्द्रायणीचौरबाट साविक त्रिशूली बसपार्क जोड्ने गरी जिपलाइन सेवा सञ्चालनमा आएको छ।

आजैदेखि सुचारु भएको यस जिपलाइनका माध्यमबाट अब करिब ३० देखि ३५ सेकेन्डमै नदी वारपार गर्न सकिने भएको छ।
पुल निर्माण नभएसम्म तथा अन्य वैकल्पिक आवतजावतको स्थायी व्यवस्था नहुन्जेलका लागि यो सेवा निरन्तर सञ्चालनमा रहने व्यवस्था मिलाइएको छ। एक पटकमा एक जनाले यात्रा गर्न सक्ने गरी तयार पारिएको यस प्रविधिले स्थानीयलाई नदी वारपार गर्न ठूलो राहत पुर्याउने अपेक्षा गरिएको छ।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको विशेष आग्रहमा दरबार एड्भेन्चर जिपलाइन लज, नुवाकोटले आवश्यक प्राविधिक सहयोग तथा सहजीकरण प्रदान गरेपछि यो सेवा सम्भव भएको हो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया