आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

विदुर खबर २०८३ असोज २६ गते ७:३७

नुवाकोट । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ। तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू–भागमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

Advertisement

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भाग साथै लुम्बिनी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

Advertisement

प्रतिक्रिया