नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले

विदुर खबर २०८३ असोज ५ गते १०:२८

नुवाकोट । नेपाली कांग्रेसको १५ औ महाधिवेशन नजिकिएसँगै नुवाकोटमा संस्थापन पक्ष र संस्थापनइतर पक्षमा खुल्नेको क्रम बढीरहेको छ ।

Advertisement

जिल्लामा संस्थापनइतर समुहले आफ्नो सक्रियता तिव्र पारेको छ । संस्थापन समुहले असोज ६ गते र संस्थापनइतर समुहले असोज १५ वडा अधिवेशन गर्ने बताएपछि कांग्रेसका नेताहरुको चहलपहलले जिल्लाको राजनीति गर्माएको छ ।

यसैक्रममा नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश सभा “क” का सचिव अच्युत रिजाल संस्थापनइतर पक्षमा खुलेका छन् ।

Advertisement

नेविसंघबाट राजनीति सुरु गरेका रिजाल नेविसंघ क्षेत्रीय सहसचिव, नेविसंघ महाधिवेशन प्रतिनिधि ,सविक जिलिङ्ग गाविसको सचिव हुँदै १४ अधिवेशनमा क्षेत्र नं २ प्रदेश सभा क सचिव बने ।

बेलकोटगढीमा रिजालको राम्रो दवदवा रहेकोले उनी संस्थापनइतर पक्षमा खुलेपछि नेपाली कांग्रेसकाे बेलकाेटगढीमा खैलाबैला मच्चिएकाे छ ।

Advertisement

प्रतिक्रिया