बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विदुरको ५ दिने सूचना जारी
नुवाकोट । विदुर नगरपालिकाले २०८३ साल भाद्र १० गते भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न परिवार तथा सरोकारवालाहरूका लागि ५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयद्वारा प्रकाशित सूचना अनुसार बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना भएका वडाको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले प्रमाणित गरी सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्नेछ। त्यसपछि सो समितिले सिफारिस गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउने र प्राधिकरणले निर्धारण गरेबमोजिम आवश्यक प्रक्रिया हुनेछ।
नेपाली नागरिकको हकमा बेपत्ता व्यक्ति यकिन गर्नका लागि देहाय बमोजिमको प्रक्रिया निर्धारण गरिएको नगरपालिकाले जनाएको छ।

बेपत्ता भएका व्यक्तिको एकाघरका परिवारका सदस्यले नामथर, ठेगाना, उमेर खुल्ने सरकारी कागजपत्र वा पहिचान खुल्ने अन्य कागजात, निज र बेपत्ता व्यक्तिसँगको नाता प्रमाणित खुल्ने कागजात र सोही बाढीमा बेपत्ता भएको हो भन्ने स्वघोषणासहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ।
त्यस्तै बेपत्ता व्यक्तिको एकाघर परिवारका सदस्य नभएकाको हकमा सम्बन्धित वडा अध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सोही बाढीबाट बेपत्ता भएको यकिन गरी सर्जमिन मुचुल्कासहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्ने प्रक्रियागत व्यवस्था गरिएको छ।

माथिको दुई प्रक्रिया पूरा भएपछि मात्र मृत्युदर्ता गरी विपद्सँग सम्बन्धित सुविधा उपलब्ध हुने भएकाले तोकिएको समयसीमाभित्र वडा कार्यालयमा निवेदन पेस गर्नुहुन सम्बन्धित सबैमा नगरपालिकाले अनुरोध गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विदुरको ५ दिने सूचना जारी
काठमाडौंको गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुईजना पक्राउ
काठमाडौं उपत्यकाबाट ११८ जना पक्राउ
छोराको कुटपिटबाट बुवाको मृ*त्यु
‘यो देशमा सरकार छैन’





प्रतिक्रिया