आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
नुवाकोट । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ ।

आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय तोकिएको हो ।
समितिका अनुसार साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने छ ।
दशैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने परम्परा छ । यस अवसरमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट आशीर्वाद लिने गर्छन् ।
रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीसमेत दशैं मनाउन आफ्नो थातथलो फर्कने भएकाले यस पर्वले पारिवारिक पुनर्मिलनको अवसर प्रदान गर्छ ।
नेपालमा राष्ट्रिय चाडका रूपमा मनाइने बडादशैंको मुख्य दिन मात्र टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह
बट्टारमा ईभी माईक्रो र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना
स्याङ्जामा ४७ वर्षीय पुरुष मृ*त फेला





प्रतिक्रिया