नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

विदुर खबर २०८३ कार्तिक २४ गते २१:३९

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।

Advertisement

भैरमकोटबाट कोलनीतर्फ आउँदै गरेको बा.९९प. ८२०२ नम्बरको पल्सर मोटरसाइकल बिहान करिब १०:५५ बजे अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।

दुर्घटनाको खबर लगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालकसहित तीनै जनालाई उपचारका लागि त्रिशुली अस्पताल नुवाकोट पठाइएको थियो।

Advertisement

अस्पताल पुर्याइएका घाइतेहरूलाई दिउँसो १२:१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतकहरूमा धादिङ खनियाबासका ४७ वर्षीय बुद्धिमान तामाङ तथा विदुर–१३ का ३१ वर्षीया बिन्दा थापा मगर र २७ वर्षीया सुनिता थापा मगर रहेका छन्।

Advertisement

प्रतिक्रिया