“मातृभूमिको पीडामा परदेशी मन”: युएईबाट बाढीपीडितका लागि जुट्यो आर्थिक सहयोग

विदुर खबर २०८३ भदौ २१ गते २०:५८

नुवाकोट । नेपालमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि युएईमा सक्रिय सामाजिक संस्था ‘नेपाली फिटनेश टिम युएई’ (Nepali Fitness Team UAE) ले आर्थिक सहयोग प्रदान गरेको छ।

Advertisement

सो संस्थाले वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका नेपालीहरूबाट रकम सङ्कलन गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा रु. ७७,१११ (सतहत्तर हजार एक सय एघार रुपैयाँ) जम्मा गरेको हो।

सामाजिक सञ्जालमार्फत सहयोगबारे जानकारी गराउँदै टोलीले लेखेको छ, “विदेशी भूमिबाट मातृभूमिका लागि सानो सहयोग, ठूलो माया। यो रकम ठूलो नभए पनि पीडामा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको घाउमा सानो मलम बन्न सकोस् भन्ने हाम्रो प्रयास हो।”

Advertisement

बाढी पहिरोले पुर्‍याएको विनाशका कारण उत्पन्न संकटको घडीमा परदेशमा रहेर पनि मातृभूमिको दुःखमा ऐक्यबद्धता जनाउँदै यस्ता सामाजिक अभियानहरू सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया