बेत्रावतीमा नयाँ मोडुलर एक्रो ब्रिज सञ्चालन आयाे
नुवाकोट । भदौ १० गते आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ।

नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी अनुपजंग थापाले पुल हस्तान्तरण गरेका हुन् । ६० टन भारवहन क्षमता रहेको पुल हस्तान्तरणसँगै बाढी प्रभावित क्षेत्रका नागरिकको आवतजावत तथा राहत सामग्री ढुवानीमा सहज हुने भएको छ ।
पुल निर्माणसँगै आइतबारबाट उक्त खण्डमा सवारीसाधनको आवागमन औपचारिक रूपमा सुचारु भएको हो। गत भदौ १० मा भोटेकोशी नदीमा आएको भीषण बाढीले पुल बगाउँदा सडक सञ्जाल पूर्णरूपमा विच्छेद भएको थियो। लामो समयसम्म सवारी आवागमन ठप्प हुँदा स्थानीयवासी र यात्रुहरूले सास्ती भोग्दै आएका थिए।
सडक विभाग र स्थानीय प्रशासन एवं नेपाली सेनाले पुल निर्माणलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम अगाडि बढाएका थिए। प्राविधिकहरूको निरन्तर प्रयासपछि हाल उक्त स्थानमा जडान गरिएको मोडुलर एक्रो ब्रिजबाट यातायात सञ्चालन गर्न सकिने अवस्था बनेको छ।
बिहान ११ बजेबाट पुलको उद्घाटन गर्दै यातायातका साधनहरूलाई आवतजावतका लागि अनुमति दिइएको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटका तीन प्रसूति केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण
भोटेकोशी बाढी : बेपत्ता २२ सय ९४ जनाको सूची सार्वजनिक
नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशन कात्तिक २९ गते हुने
तिहारमा साढे ६४ करोडको फूल कारोबार हुने अनुमान
प्राप्त शक्तिलाई दम्भ र प्रतिशोधको माध्यम बनाउने छुट कसैलाई छैन : लामिछाने





प्रतिक्रिया