विदुरमा बाढी प्रभावितको पुनर्स्थापना सुरु : स्थायी आवास निर्माणका लागि निवेदन आह्वान
नुवाकोट । विदुर नगरपालिका क्षेत्रभित्र गत २०८३ भाद्र १० गते आएको विनाशकारी बाढीबाट विस्थापित भई अन्यत्र अस्थायी बसोबास गर्दै आएका नगरवासीहरूलाई स्थायी आवासको व्यवस्थापन गर्न नगरपालिकाले प्रक्रिया तीव्र पारेको छ।

नगरपालिकामा कार्यरत विभिन्न सहयोगी संस्थाहरूसँगको सहकार्यमा बाढीपीडित परिवारलाई स्थायी बसोबासको व्यवस्था मिलाउने लक्ष्यसहित नगरपालिकाले ७ दिने सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ।
सूचना अनुसार बाढी प्रभावित परिवारमध्ये आफ्नै स्वामित्वमा वा एकाघरको परिवारको स्वामित्वमा स्थायी पक्की घर बनाउन योग्य जमिन (घडेरी) भएका लाभग्राहीहरूले सूचना प्रकाशित भएको मिति (२०८३ कात्तिक १३ गते) ले ७ दिनभित्र आवश्यक प्रमाणसहित विदुर नगरपालिकाको कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

अनुदान तथा भाडा दाबी नगर्ने सर्त: स्थायी आवास निर्माण सम्पन्न भई बसोबास सुरु गरेपछि प्राप्त हुँदै आएको घरभाडा बापतको रकम र नेपाल सरकारबाट स्थायी आवासका लागि दिइने अनुदान दाबी गर्न पाइने छैन।
घरको डिजाइन: निर्माण हुने घरको डिजाइन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) र विदुर नगरपालिकाले तोकेको मापदण्ड र ढाँचा अनुसार हुनुपर्नेछ।
सूचनासम्बन्धी थप जानकारी तथा सम्पर्कका लागि विदुर नगरपालिकाको फोन नम्बरहरू ०१०-५६००६३, ०१०-५६०४६९ वा ९८५१४१५३५५ मा सम्पर्क गर्न सकिनेछ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरमा बाढी प्रभावितको पुनर्स्थापना सुरु : स्थायी आवास निर्माणका लागि निवेदन आह्वान
नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशन स्थगित
कुमलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विदुरको ५ दिने सूचना जारी





प्रतिक्रिया