नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
विदुर खबर
२०८३ कार्तिक १३ गते ७:४३
नुवाकोट । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ क्रमश: कमजोर हुँदै गएको छ ।

तर यसको आंशिक असरले नेपालमा आज कात्तिक १२ गतेदेखि १४ गते शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान गरिएको छ ।
यसको प्रभावका कारण केही स्थानमा भारी वर्षा तथा हिमपात हुने नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८:१५ बजे भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो । जमिनमा प्रवेश गरेपछि यो उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै क्रमश: कमजोर हुँदै गएको छ ।
सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीबाट घटाएर ‘भीषण चक्रवाती आँधी’ श्रेणीमा झारिएको छ । आज यो थप कमजोर हुँदै गहिरो न्यूनचापीय प्रणाली (डीप डिप्रेसन) मा परिणत हुने सम्भावना छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विदुरको ५ दिने सूचना जारी
काठमाडौंको गेस्ट हाउसबाट ब्राउन सुगरसहित दुईजना पक्राउ
काठमाडौं उपत्यकाबाट ११८ जना पक्राउ
छोराको कुटपिटबाट बुवाको मृ*त्यु





प्रतिक्रिया