केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
नुवाकोट । तपाईंले प्रायः देख्नु वा अनुभव गर्नु भएको होला कि एउटै ठाउँमा बसेका मानिसहरूमध्ये लामखुट्टे वा मच्छरले कसैलाई बारम्बार टोक्छ भने छेउमै बसेको अर्को व्यक्तिलाई भने केही गर्दैन, यो केवल संयोग मात्र होइन।

वैज्ञानिकहरूका अनुसार, लामखुट्टेले सुरुमा टाढैबाट श्वासमार्फत बाहिर निस्कने कार्बन डाइअक्साइड पत्ता लगाउँछ र त्यसपछि शरीरको गन्ध, ताप तथा आर्द्रताजस्ता संकेतहरूको प्रयोग गर्दै आफ्नो लक्ष्यको नजिक पुग्ने गरेका कारण मच्छरको टोकाइमा फरक फरक अनुभव हुने गर्दछ ।
प्रत्येक व्यक्तिको शरीरको गन्ध विशिष्ट हुन्छ किनभने छालामा रहेका ब्याक्टेरियाले पसिना र शरीरबाट निस्कने अन्य पदार्थहरूलाई टुक्राउँदा यस्ता रसायनहरू उत्पादन हुन्छन् जसले लामखुट्टेलाई आकर्षित गर्छन्। सन् २०२२ को एक अध्ययनले पत्ता लगाएको थियो कि जसको छालाबाट निश्चित प्रकारका ‘कार्बोक्सिलिक एसिड’ बढी मात्रामा निस्कन्छ, उनीहरू ‘एडिस एजिप्टी’ जातका लामखुट्टेका लागि बढी आकर्षक हुन्छन् ।
साथै, हालैका अनुसन्धानहरूले शरीरको गन्ध र लामखुट्टेको रोजाइ बीचको सम्बन्ध पनि पुष्टि गरेका छन्। यसको अर्थ पक्कै पनि सरसफाइको कमीले गर्दा लामखुट्टेले बढी टोक्छ भन्ने होइन। यस्तो गन्ध माइक्रोबायोम अर्थात शरीरमा हुने सूक्ष्म जीवहरूको समूह वंशाणुगत गुण र शरीरका रासायनिक तत्वहरू जस्ता प्राकृतिक कारकहरूबाट उत्पन्न हुन्छ।
त्यसैगरी, यदि शरीर तातो छ वा अत्यधिक पसिना आइरहेको छ भने लामखुट्टेले शरीरलाई सजिलै पत्ता लगाउन सक्छ । यही कारणले गर्दा व्यायाम वा कडा शारीरिक परिश्रमपछि लामखुट्टेको टोकाइ बढी हुने गर्छ।
एउटा प्रचलित धारणा छ कि लामखुट्टेहरू ‘ओ’ समूहको रगत भएका मानिसहरूतर्फ बढी आकर्षित हुन्छन् र केही अध्ययनहरूले पनि यस्तो प्रवृत्ति देखाएका छन्। यद्यपि, वैज्ञानिकहरू यसलाई लामखुट्टेको टोकाइको मुख्य वा निश्चित कारण मान्दैनन् किनभने छालाको गन्ध, कार्बन डाइअक्साइडको उत्सर्जन र शरीरको तापक्रमजस्ता कारकहरूले यसमा धेरै ठूलो भूमिका खेलेको हुन्छ ।
त्यसैगरी, गर्भावस्थामा केही महिलाहरू लामखुट्टेका लागि बढी आकर्षक बन्न सक्छन् । यसको कारण शरीरबाट निस्कने कार्बन डाइअक्साइडको मात्रामा हुने वृद्धि र शरीरको तापक्रममा आउने परिवर्तनजस्ता पक्षहरू हुन्। यद्यपि, यस्तो प्रभाव सबै प्रकारका लामखुट्टे वा हरेक परिस्थितिमा भने देखिँदैन।
‘मिठो रगत’ हुने भन्ने धारणाको चर्चा बारम्बार गरिए तापनि यसको कुनै वैज्ञानिक आधार छैन। वास्तवमा, कुनै निश्चित व्यक्तिलाई टोक्न छनौट गर्नु अघि लामखुट्टेले विभिन्न संकेतहरूको एकैसाथ मूल्याङ्कन गर्छन्।
लामखुट्टेबाट बच्न साँझ र रातको समयमा आफ्नो शरीर राम्ररी छोपिने गरी कपडा लगाउनु महत्त्वपूर्ण छ । साथै, झ्याल र ढोकामा जाली जडान गर्नाले तिनलाई घरभित्र पस्नबाट रोक्न सकिन्छ। यसका अतिरिक्त घर वरिपरि पानी जम्न नदिनु होस् र आवश्यकता अनुसार लामखुट्टे भगाउने उपाय वा सामग्रीहरूको प्रयोग गर्नुहोस्।

एउटा रोचक तथ्य के पनि छ भने मानिसलाई पोथी लामखुट्टेले मात्र टोक्छकिनकि अण्डा उत्पादन गर्न तिनलाई रगतको आवश्यकता पर्छ जबकी भाले लामखुट्टे भने केवल बोटबिरुवाको रसमा निर्भर रहन्छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया