मृगौलापिडित दुप्चेश्वरकी सुनिता तामाङलाई आर्थिक सहयोग

विदुर खबर २०७८ असार २२ गते २१:२८

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ क्षपारकी मृगौला पिडित सुनिता तामाङलाई दुप्चेश्वर–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष तथा समाजसेवी शुशिल खड्काको टोलीले आर्थिक सहयोग गरेका छन् ।

Advertisement

मृगौलाको समस्याबाट विगत दुई वर्षदेखि काठमाण्डौको टिचिङ अस्पतालमा उपचाररत सुनितालाई विभिन्न युवाहरुले नगदसहित आर्थिक सहयोग गरेका हुन् ।

तामाङलाई दुप्चेश्वर–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष शुशिल खड्काले २० हजार रुपैयाँ, समितिका वरिष्ठ उपाध्यक्ष सागर थिङले १० हजार रुपैयाँ, बाग्मति प्रदेश विभाग सदस्य डिबी लामाले नगद ५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

Advertisement

उनको उपचारको लागि २० लाख रुपैयाँ लाग्ने अस्पताल प्रशासनले बताएको छ ।

प्रतिक्रिया