खड्काद्धारा सुनखानी स्वास्थ्य चौकीलाई आर्थिक सहयोग

विदुर खबर २०७८ चैत १० गते २२:०३

नुवाकोट । नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश (क) सभापति तथा समाजवेशी शुशिल खड्काले शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको सुनखानी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री खरिद गर्नको लागि आर्थिक सहयोग गरेका छन् ।

Advertisement

शुक्रवार सुनखानी स्वास्थ्य चौकी पुगेर खड््काले स्वास्थ्य चौकीलाई आवश्यक सामाग्री खरिदका लागि ३० हजार रुपैयाँ स्वास्थ्य चौकीका प्रमुख बद्रीप्रसाद मैनाली लाई हस्तान्तरण गरेका हुन् ।

उनले स्वास्थ्य चौकीको लागि अत्यावस्यक डेन्टल सेट, हस्पिटल वेड, फेस मास्क, इमर्जेन्सी लाइट, पारासिटामोल लगायतका सामग्री खरिदको ३० हजार रुपैयाँ सहयोग गरेको विदुर खबरलाई जानकारी दिए ।

Advertisement

यस्तै स्वास्थ्य चौकीका प्रमुख बद्रीप्रसाद मैनालीले अस्पताललाई अत्यावश्यक पर्ने सामाग्री खरिदको लागि खडकाले सहयोग गरेको भन्दै खुशी व्यक्त गरे । उनले सबै सहयोगी हातको कारण स्वास्थ्य चौकीले प्रभावकारी सेवा दिन सकेको बताए ।

यसअघि खड्काले विद्यालयहरुमा न्यानो कपडा वितरणदेखि असहाय गरिव बालबालिकाको लागि छात्रवृति र स्वास्थ्य उपचारको लागि सहयोग रकम वितरण गरेका थिए ।

Advertisement

स्वास्थ्य चौकीलाई आर्थिक सहयोग वितरण गर्ने कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सचिब शिब गुणी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया