कांग्रेस नेता खड्काद्धारा दुप्चेश्वर महादेवको मन्दिरमा ६४ शिवलिङ्गको मूर्ति प्रतिस्थापन

विदुर खबर २०७८ साउन १९ गते २१:४०

नुवाकोट । दोस्रो पशुपतिनाथको रुपमा परिचित नुवाकोटको धार्मिक तथा ऐतिहासिक मन्दिरको रुपमा रहेको दुप्चेश्वर महादेवको मन्दिरमा ६४ शिवलिङ्गका मूर्ति प्रतिस्थापन गरिएको छ ।

Advertisement

दुप्चेश्वर गाउँपालिकाका स्थानिय तथा समाजसेवि शुशिल खड्काले आफ्नै व्यक्तिगत खर्चमा मन्दिरमा ६४ शिवलिङ्गका मूर्ति प्रतिस्थापन गरेका छन् । यस्तै मन्दिरमा समस्त खड्का परिवारको तर्फबाट १२ ज्योतिस लिङ्ग र शेषशैया नारायणको मुर्ति समेत प्रतिस्थापन गरिएको दुप्चेश्वर गाउँपालिकाले जानकारी दिएको छ ।

मन्दिरमा प्रतिस्थापन गरिएका ६४ शिवलिङ्ग, १२ ज्योतिस लिङ्ग र शेषशैया नारायणको मुर्ति स्थापना गर्न करिव १० लाख रुपैयाँ लागेको समाजसेवी तथा दुप्चेश्वर काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष समेत रहेका शुशिल खड्काले जानकारी दिए ।
उनले दुप्चेश्वर महादेवको मन्दिरमा एकैपटक सबै भगवानको दर्शन गर्न पाइने भएको आफ्ना पुर्खाको नाममा मन्दिरमा ६४ शिवलिङ्ग, १२ ज्योतिस लिङ्ग र शेषशैया नारायणको मुर्ति स्थापना गरेको बताए ।

                                                                     मन्दिरको दर्शन गर्दै समाजसेवी तथा युवा नेता सुशिल खड्का ।

Advertisement

यसअघि पनि खड्काले शिखरवेशीमा मन्दिर स्थापना, पहिरो पिडितलाई सहयोग, आँखाको ज्योति गुमाएका बालकलाई आर्थिक सहयोगदेखि पुलसम्म व्यक्तिगत खर्चमा निर्माण गराइसकेका छन् ।

दुप्चेश्वरको राउतवेशीमा रहेको मन्दिरमा हरेक वर्ष धान्यपूर्णिमा, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मुख्यत सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ ।

Advertisement

 

 

प्रतिक्रिया