कांग्रेस प्रदेश सभापति खड्काद्धारा विद्यार्थीहरुलाई न्यायो कपडा वितरण

विदुर खबर २०७८ पुष २० गते १०:२७

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (क) का सभापति सुशिल खड्काले दुप्चेश्वर गाउँपालिकाका ४ ओटा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।

Advertisement

प्रदेश सभापति खड्काले दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ र ६ मा रहेका ४ ओटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । खड्काले गाउँपालिकाका ४ ओटा सामुदायिक विद्यालयका ६ सय ५० जनालाई स्वीटर वितरण गरेका हुन् ।

उनले कमल माणिक आधारभुत विद्यालय, महेन्द्र आधारभुत विद्यालय, ॐ शिव शंकर आधारभुत विद्यालय र नव ज्योती आधारभुच विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।

Advertisement

न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (क) का सभापति सुशिल खड्काले सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थीको अवस्था देखेर आफूले जाडोको न्यायो कपडा वितरण गरेको बताए । उनले आफु हजुर वुवामा सामाजिक सेवाको भावना रहेको उल्लेख गर्दै आफूले उहाँकौ माध्यमबाट समाजसेवाको प्रेरणा प्राप्त गरेको उल्लेख गरे ।

उनले असहाय र आवश्यक परेकालाई सबैले गच्छेअनुसार सहयोग गर्न सके समाज सुख, शान्ति र बन्धुत्वको भावना स्थापित हुने धारणा प्रकट गरे । समाजसेवाबाट राजनीतिमा होमिएका खड्काले नुवाकोटका ग्रामिण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक विपन्न छात्र–छात्राहरूलाई प्रत्येक वर्ष जाडोमा न्यानो कपडा वितरण गर्नुको साथै जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ती समेत वितरण गर्दै आएका छन ।

Advertisement

न्यानो कपडा वितरण कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र अधिकारीले सबैको साझा प्रयास रहेमा उन्नत समाज छिट्टै निमाएण हुने बताए । उनले खड्काको जस्तै परोपकारी काम सबैले गर्नुपर्ने बताए ।

कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले विपन्न विद्यार्थीहरूलाई जाडोमा न्यानो कपडाले धेरै राहत पुग्ने उल्लखे गरे ।

चिसो मौसममा न्यानो कपडा पाएको भन्दै विद्यार्थीहरुले खुशी व्यत्त गरेका छन् ।

प्रतिक्रिया