नुवाकोटको प्रदेशसभा सभापतिमा सुशिल खड्काद्धारा उम्मेदवारी घोषणा

विदुर खबर २०७८ कार्तिक २३ गते २१:४८

नुवाकोट । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी सुशिल खड्काले नेपाली कांग्रेसको प्रदेशसभा सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन ।

Advertisement

नेपाली कांग्रेस दुप्चेश्वर –काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष समेत रहेका खड्काले नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश क को सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरवेशी घर भएका खड्का सानैदेखि समाजसेवासँगै राजनितिमा लागेका थिए । तर उनी पार्टीको राजनितिमा भने २०४८ सालपछि नेपाली कांग्रेसमा लागेका थिए ।

Advertisement

उनले पार्टीलाई दरिलो र बलियो बनाउन क्षेत्र नम्बर १ को प्रदेश क मा सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए । पार्टी र भातृ संगठनहरुको संरचना तल्लो तहसम्म पुर्याउने लक्ष्यसहित उनी चुनावी मैदानमा उत्रिएका हुन ।

सभापतिमा उम्मेदवारी घोषणा गरेर उनले पार्टीका नेता र कार्यकर्तासंग भेटघाट र छलफललाई तीव्र बनाएका छन । नेपाली कांग्रेस दुप्चेश्वर–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष समेत भएर काम गरेका उनी समाजसेवा र राजनितिलाई एकसाथ अगाडी लिएर अघि बढ्ने बताउँछन् ।

Advertisement

युवा नेता खड्का समाजसेवाबाट बढी कहलिएको नाम हो भने उनलाई विशेषगरि युवामाँझ लोकप्रिय नेताका रुपमा लिइन्छ ।

उनी सभापति बनेमा पार्टीले गति लिने उनी निकटका नेता तथा कार्यकर्ता बताउँछन । उनले आफु प्रदेश क को सभापति बनेमा आफ्नो क्षेत्रका सबै वडामा पार्टीलाई संगठित बनाउने र आगामी निर्वाचनमा पार्टीलाई एक नम्बर बनाउन लागिपर्ने बताए ।

उनले आगामी संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा सबै क्षेत्र, गाउँ र वडामा पार्टीलाई जिताएरै छाड्ने अठोट लिएका छन ।

नुवाकोट क्षेत्र नम्बर १ को प्रदेशसभा क को सभापतिमा उम्मेदवारी घोषणा गरेका खड्कालाई जिल्लाका हस्ती नेताहरुले साथ दिएका छन् । उनको साथमा डा. रामशरण महत, डा. प्रकाशशरण महत, बहादुरसिंह लामा, रमेश महत लगायतको साथ रहेको छ ।

प्रतिक्रिया