नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’मा शुशिल खड्का बिजयी

विदुर खबर २०७८ मंसिर ४ गते ७:४९

नुवाकोट । नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’ को सभापतिमा शुशिल खड्का बिजयी

Advertisement

नुवाकोट । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’ को सभापतिमा शुशिल खड्का बिजयी भएका छन् ।

शनिवार विहान खरानीटरमा सम्पन्न भएको मतगणनामा सभापतिमा विजयी भएका खड्काले २४६ मत प्राप्त गरि विजयी भएका हुन् । यस्तै उनका निकटम प्रतिद्धन्दी सरोज के.सी.ले २ सय १ मत प्राप्त गरेका छन् ।

Advertisement

खड्काले केसीलाई ४५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन । ४ सय ६७ मतदाता रहेको प्रदेश क मा ४ सय ६१ मत खसेको थियो ।

यस्तै उपसभापतिमा खड्का प्यानलको दुईजना उपेन्द्र दाहाल र हरिबहादुर दुलालले बिजयी हासिल गरेका छन । सचिब पदमा खड्का समुहबाट बिकास अधिकारी र केसी प्यानलबाट सिर्जना तामाङले बिजयी हासिल गर ।

Advertisement

यस्तै सहसचिबमा खड्का प्यानलबाट रुप तामाङ र के सी प्यानलबाट एकजनाले विजय हासिल गरेका छन ।

सभापतिमा विजयी भएका खडकाले नेपाली कांग्रेस नेताहरु डा. रामशरण महत, डा. प्रकाशशरण महत, वहादुरसिंह लामा लगायतको साथ पाएका थिए भने पराजित भएका सरोजले अर्जुननरसिंह केसी, जगदीश्वरनरसिंह केसीको साथ पाएका थिए ।

यससँगै नुवाकोट क्षेत्र नम्बर १ को दुबै प्रदेशसभामा केसी समुहले लज्जास्पद हार व्यहोरेको छ । नुवाकोटको क्षेत्र नम्बर १ मा दुबै प्रदेशसभा महत र लामा पक्षले जितेको छ ।

प्रतिक्रिया