धादिङमा २ सय ६४ किलो गाँजासहित एक जना पक्राउ
विदुर खबर
२०७९ भदौ ३ गते ८:४६

नुवाकोट । धादिङमा २ सय ६४ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
धादिङको गजुरी गाउँपालिका ५ घाटबेंसीबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको हो ।
पृथ्वी राजमार्गमा जाँच गर्ने क्रममा बिहीबार दिउँसो २ सय ६४ किलो ८३७ ग्राम गाँजासहित गजुरी गाउँपालिका ७ पेटारे बस्ने ३६ वर्षीय बुद्धिमान तामाङलाई पक्राउ गरिएको हो ।
ग १ ख ९६५४ नम्बरको ट्रक जाँच गर्ने क्रममा गाँजा भेटिएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि धादिङ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया