रसुवाको नौकुण्डमा साढे ११ हजार फलफुलको विरुवा वितरण

विदुर खबर २०७६ साउन २ गते ९:५८

रसुवा साउन १, व्यवसायिक फलफुल खेतीलाई बढावा दिन र विस्तार लागि कृषि शाखा नौकुण्डले कृषकलाई ११ हजार ८ सय ९० थान फलफुलको बिरुवा वितरण गरेको छ ।

Advertisement

चालू आर्थिक बर्षको ०७५/०७६ को बर्खे बिरुवा बितरण कार्यक्रम अन्र्तगत ९ हजार ५ सय ९० र पकेट क्षेत्रका लागि २ हजार ३ सय बिरुवा वितरण गरिएको हो । अम्बा ५ सय ८०, लिचि १ हजार ५ सय ८०, सुन्तला १ हजार ३ सय ५०, कागती ९ सय र अलैंची ६ हजार २ सय बिरुवा वितरण गरिएको कृषि शाखाका प्रमुख शम्भुप्रसाद राईले जानकारी दिए । जसमध्ये पकेट क्षेत्रका लागि १ हजार ३ सय सिड लेस लिचि र १ हजार आप्रपालि जातको आँपको बिरुवा वितरण गरि ९० प्रतिशत अनुदानमा वितरण गरिएको शाखा प्रमुख राईले बताए ।

यस्तै विद्यालय बगैँचा विस्तार कार्यक्रम अन्र्तगत पालिकाभित्रका २० विद्यालयलाई निशुल्क बिरुवा वितरण गरिएको छ ।पकेट क्षेत्रबाहेकको कृषकले ७५ प्रतिशत अनुदानमा पाउनेछ ।

Advertisement

प्रतिक्रिया