रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रसुवाको प्रथम जिल्ला अधिवेशन आइतबार सदरमुकाम धुन्चेमा सम्पन्न भएको छ।

अधिवेशनबाट वसन्त भट्ट जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि भएको निर्वाचनमा भट्टले ६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी सविन सापकोटाले ४१ मत प्राप्त गरेका थिए।
अधिवेशनअन्तर्गत सभापति, सचिव, खुला सदस्य तथा जनजाति सदस्य पदका लागि निर्वाचन भएको थियो। उपसभापति पदमा दावा लामा निर्विरोध निर्वाचित भएका छन् भने सह–सचिव पदमा रविन्द्र तामाङ निर्विरोध चयन भएका छन्।


सचिव पदमा रविन्द्र लोप्चन ७४ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी तेजप्रसाद खतिवडाले २७ मत प्राप्त गरेका थिए।
त्यस्तै, महिला सदस्य पदमा सानुदेवी तामाङ निर्विरोध निर्वाचित भएकी छन्। खुला सदस्यतर्फ सुशिल खतिवडा २८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने जनजाति सदस्यतर्फ युवराज घले ७८ मतसहित निर्वाचित भएका छन्।

अधिवेशनले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)
विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न





प्रतिक्रिया