रसुवामा वर्षासँगै पहिरो: ११ घरपरिवार प्रभावित, करिब साढे २९ लाखको क्षति
नुवाकोट । रसुवाको उत्तरगया गाउँपालिका वडा नं. १ स्थित तिरुमा अविरल वर्षासँगै गएको पहिरोका कारण ठूलो भौतिक क्षति भएको छ।

शुक्रबार (भदौ ५ गते) राति करिब १०:०० बजे काजुला क्षेत्रबाट खसेको पहिरोले स्थानीयवासीका घर तथा गोठहरूमा पूर्ण तथा आंशिक रूपमा क्षति पुर्याएको हो। घटनामा मानवीय क्षति नभए पनि स्थानीयवासीको पशुचौपाया, घरगोठ र जिन्स सामग्रीमा ठूलो नोक्सानी पुगेको छ।
पहिरोका कारण ६८ जना सदस्य रहेका कुल ११ घरपरिवार प्रभावित भएका छन्। पहिरोमा परी स्थानीय सेल दोर्जे तामाङको १ तले गोठ पूर्ण रूपमा बगाउँदा गोठमा रहेका करिब १०० वटा बाख्रा तथा खसी मरेका छन्।
उक्त घटनाबाट मात्रै करिब १० लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ। यस्तै कामी लामा तामाङको कटेज गोठ क्षति हुँदा १ भैँसी, १ राँगा र १ गाई घाइते भएका छन्। पहिरोका कारण अजय तामाङ, अमिर तामाङ र कामी लामा तामाङका घर तथा गोठ पूर्ण रूपमा क्षति भएका छन्। अजय तामाङको अन्नपात, लत्ताकपडा र भाँडाकुँडा नष्ट हुँदा रु. ८ लाख र अमिर तामाङको कच्ची घर नष्ट हुँदा रु. ७ लाख बराबरको क्षति भएको छ। रमेश तामाङको दुई तले कच्ची घरमा आंशिक क्षति (रु. २ लाख ५० हजार बराबर) पुगेको छ।यसैगरी, सेल दोर्जे तामाङ, सेनाम तामाङ, साप घले, दमाई घले, कारसाङ तामाङ, उर्चेन सिङ्गी तामाङ र छिरिङ घलेका घर तथा कटेजहरू पहिरोको उच्च जोखिममा परेका छन्। जोखिममा परेका अधिकांश परिवारको वैकल्पिक बसोबासको व्यवस्था नहुँदा उनीहरू समस्यामा परेका छन्।
घटनाको जानकारी शनिबार बिहान ०९:०० बजे टेलिफोनमार्फत प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मैलुङ, रसुवाबाट प्रहरी नायव निरीक्षक (प्रनानी) मदन राज स्याङ्बोको कमाण्डमा ३ जनाको प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।मैलुङ प्रहरी पोष्टबाट उत्तरतर्फ करिब ९ किलोमिटर दूरीमा रहेको उक्त घटनास्थल पुग्न करिब ६ घण्टा उकालो पैदल यात्रा गर्नुपर्ने प्रहरीले जनाएको छ। प्रहरी टोली पुगेपछि थप विवरण आउन बाँकी छ।

प्रारम्भिक विवरण अनुसार पहिरोबाट कुल २९ लाख ५० हजार बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। विस्थापित र जोखिममा परेका परिवारहरूका लागि राहत र सुरक्षित व्यवस्थापनका लागि स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय भइरहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवामा वर्षासँगै पहिरो: ११ घरपरिवार प्रभावित, करिब साढे २९ लाखको क्षति
चेक कि आत्मघाती बम ? कानुन, कारोबार र व्यवसायीमाथिको अन्याय
विदुरमा ‘परिवर्तनका लागि युवा नेतृत्व’ विषयक २ दिने प्रशिक्षण सम्पन्न
रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ





प्रतिक्रिया