अध्यक्ष कप भलिबल : उपाधि हाकु युवा सोसाईटीलाई

विदुर खबर २०८१ वैशाख ९ गते ९:०९

रसुवा । गोसाईकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जले आयोजना गरेको तेस्रो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८१ तथा १२ औं रेडपाण्डा ट्रफि पुरूष भलिबल प्रतियोगितामा हाकु युवा सोसाइटीले उपाधि हात पारेकाे छ ।

Advertisement

फाइनल खेलमा एकीकृत नौकुण्ड युवा समाजलाई पराजित गर्दै हाकु युवा सोसाईटीले उपाधि जितेको हो । उपाधि विजेता हाकु युवा सोसाइटीले क्रमशः २ लाख नगद सहिद ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । दोस्रो उपविजेता एकिकृत नौकुण्ड युवा समाजले १ लाख नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

उक्त प्रतियोगितामा तृतीय हुने टीम रिस्याङ भूमि प्रगतिशिल युवा क्लबले ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे भने सान्त्वना नौकुण्ड एकता समाजले २५ हजार सहित प्रमाणपत्र पाएका छन् ।

Advertisement

उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम धुन्चेमा सम्पन्न भएको हो ।

विजेता खेलाडीहरुलाई आयोजक गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ र लाङटाङ राष्ट्रिय निकुञ्जका बरिष्ट संरक्षण अधिकृत अणनाथ वरालले प्रतियोगितामा प्रथमलाई नगद ३० हजार, द्वितीयलाई २५ हजार , र तृतीयलाई २० हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा विविध राष्ट्रिय एवम् स्थानीय साँस्कृतिक कार्यक्रम समेत भएको थियो । राष्ट्रिय कलाकार गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको जोडदार मंनोरञ्जन पूर्ण प्रस्तुति रहेको थियो।

Advertisement

प्रतिनिधी सभा सदस्य मोहन आचार्य, एमालेका नेता तथा संबिधानसभा सदस्य प्रेमबहादुर तामाङ, जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे , उपप्रमुख विजय लामालगायत दल प्रतिनिधीहरू खेलाडी , पत्रकारको उपस्थिति रहेको थियो ।

विश्वमै लाेपाेन्मुख रेडपाण्डा संरक्षण तथा पर्यटन प्रवर्दनका लागि हरेक वर्ष आयोजना हुँदै आएको वन्यजन्तु सप्ताह तथा रेडपाण्डा ट्रफी भलिबल कार्यक्रम १२ वर्षदेखि नियमित भइरहेकाे छ ।

प्रतिक्रिया