विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विदुर खबर
२०८३ भदौ २४ गते २०:५७
नुवाकोट । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भएका नागरिकलाई नुवाकोटको विदुर नगरपालिकाले तत्काल घरभाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको विदुर नगर कार्यपालिकाको १३४ औँ बैठकले बाढीका कारण बस्नयोग्य घर नभएका नगरवासीलाई घर भाडामा लिएर बस्नका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
साथै, प्रभावित परिवारलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, किचेन सेट तथा हाइजिन सेट लगायतका राहत सामग्रीसमेत नगरपालिकाले वितरण गर्ने भएको छ।
विपद्को फाइदा उठाउँदै घरधनीले भाडा बढाउन सक्ने जोखिमलाई ध्यानमा राख्दै नगरपालिकाले सचेत समेत गराएको छ।
कोठा वा घर भाडामा लिँदा–दिँदा कसैले पनि प्रचलित तथा चलनचल्तीको भन्दा बढी भाडादर लिएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने नगरपालिकाले स्पष्ट पारेको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया