पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु
विदुर खबर
२०८३ भदौ ७ गते ९:२१
नुवाकोट । नुवाकोटको विदुर ४ बट्टारमा शनिवारदेखि ५ औँ एनयुएफसी छात्र तथा छात्रा अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ।

नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा सुरु भएको सो प्रतियोगिताको उद्घाटन विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले गरेका हुन्।
स्वास्थ्य र खेलकुद विकासलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा नुवाकोट जिल्लाका ३९ वटा विद्यालयहरूले सहभागिता जनाएका छन्। प्रतियोगितामा छात्रतर्फ ४९ र छात्रातर्फ ९ गरी कुल ५८ वटा टिम प्रतिस्पर्धामा उत्रिएका छन्।
लिग-कम-नकआउटका आधारमा सञ्चालन भइरहेको यो खेल आगामी बुधबारसम्म चल्नेछ। प्रतियोगितामा प्रथम तथा द्वितीय हुने टोलीहरूले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नुवाकोट युनाइटेड फुटबल क्लबले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया