भोटेकोशीको बाढीमा अस्ताए खेलप्रेमी खतिवडा
नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोट क्रिकेट सघका सचिव करण खतिवडाको मृत्यु भएको छ।

बाढीपछि सम्पर्कविहीन भएका नुवाकोट क्रिकेट संघका सचिव करण खतिवडालाई परिवारले मृत घोषणा गरेका हुन् । त्रिशूली बजार निवासी खतिवडा भदौ १० गते आफ्नी आमासंगै त्रिशुली बजारस्थित पसलमा रहेका बेला बाढीमा परेका थिए।
भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि उनी सम्पर्कविहीन बनेका हुन् । लामो समयसम्म सम्पर्कमा नआएपछि बाढीमा परी उनको ज्यान गएको हुन सक्ने निष्कर्षमा पुगिएको संघका अध्यक्ष दुर्गाराज पाठकले बताएका छन्।
खतिवडा नुवाकोट क्रिकेट संघका वर्तमान सचिवका रूपमा जिल्लाको क्रिकेट गतिविधिमा सक्रिय थिए। खेलाडीको रूपमा समेत पहिचान बनाएका उनले नुवाकोटमा क्रिकेटको विस्तार, नयाँ खेलाडीलाई प्रोत्साहन र खेल गतिविधिको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष पाठकले बताए ।

संघका अध्यक्ष पाठकले खतिवडाको योगदान र खेलप्रतिको समर्पणलाई नुवाकोटको क्रिकेट क्षेत्रले लामो सम्झिरहने बताए ।
उनकाे १३ औ दिनको पुन्यतिथी समेत आज सम्पन्न गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय
भोटेकोशीको बाढीमा अस्ताए खेलप्रेमी खतिवडा
बाढीले नुवाकोटका एघार सहकारीमा क्षति
विदुरले बाढीपीडित नगरवासीलाई घरभाडाबापत १० हजार दिने





प्रतिक्रिया