संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोट । ओलम्पियन तेक्वान्दो खेलाडी संगीना वैद्य राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छिन्।

यो सँगै उनी राष्ट्रिय खेलकुद् परिषदको ६ दशकको इतिहासको पहिलो महिला निर्देशक बनेकी हुन्। राखेपले बिहीबार उनलाई नियुक्ति पत्र दिएको हो।
संगीना छनोट चरण पार गरेर ओलम्पिक पुग्ने पहिलो नेपाली खेलाडी हुन्। सन् २००४ को ग्रिसमा सम्पन्न ओलम्पिकमा छनोट चरण पार गरेकी थिइन्। त्यसैगरी एसियाली स्तरको खेलमा नेपालबाट स्वर्ण पदक जित्ने पनि उनी पहिलो नेपाली खेलाडी हुन्। उनले सन् १९९६ मा एसियाली तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्।
सन् १९९९ काठमाडौं र सन् २००४ पाकिस्तानमा गरी दक्षिण एसियाली खेलकुद (साग) मा दुईवटा स्वर्ण पदक जितेकी संगीना राखेपमा वरिष्ठ तेक्वान्दो प्रशिक्षकका रुपमा छन्।

यसअघि संगीनालाई टंकलाल घिसिङ सदस्य सचिव भएको बेला २०८१ सालमा नै तालिम तथा प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिने तयारी भएको थियो। तर तत्कालीन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अन्तिम समयमा करातेका प्रशिक्षक शोभित प्रसाईंलाई निर्देशक बनाएपछि सो विषय विवादित बन्न पुगेको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया