बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
नुवाकोट । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण गम्भीर घाइते भएका विदुर नगरपालिका वडा नम्बर ६ इनारपाटीका एक युवकको नाम नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कमा ‘बेपत्ता’को सूचीमा राखिएको पाइएको छ।

भदौ १० गते त्रिशुली नदीमा भीषण बाढी आएको खबर सर्वसाधारणलाई सचेत गराउन सिँचाइ पुलनजिक पुगेका ध्रुव ढुङ्गाना बाढीको चपेटामा परेका थिए। वडा नम्बर ६ का वडा सदस्य रामचन्द्र पौडेलसँगै बाढीको सूचना दिन पुगेका बेला उनलाई बाढीले बगाएर केही टाढा पुर्याएको थियो। बाढीका कारण उनको छातीलगायत शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो।
घटनालगत्तै अस्पताल पुर्याइएका उनको झन्डै १५ दिनसम्म अस्पतालमा उपचार गरिएको थियो। अस्पतालको लामो उपचारपछि हाल घरमै आराम गरिरहेका ढुङ्गानाले नगरपालिकाले सार्वजनिक गरेको विवरणमा जिउँदै मानिसलाई बेपत्ताको सूचीमा राखेको देख्दा आश्चर्यचकित भएको बताएका छन्।
यस विषयमा बुझ्दा वडा नम्बर ६ का वडा सदस्य रामचन्द्र पौडेलले वडा कार्यालयबाट ढुङ्गानालाई घाइतेकै रूपमा सिफारिस गरेर नगरपालिका पठाइएको स्पष्ट पार्नुभयो।

कम्प्युटरमा तथ्याङ्क टाइप गर्दा प्राविधिक त्रुटि भएको हुन सक्ने बताउँदै उहाँले बेपत्ताको सूचीबाट नाम हटाएर घाइतेको सूचीमा सच्याउनका लागि नगरमा भनिसकिएको जानकारी दिनुभएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक
भोटेकोशी बाढीको ६८ दिन: बाढीपीडितद्वारा विदुरमा प्रदर्शन, प्रजिअ र नगरलाई ६ बुँदे मागपत्र
एकैदिन सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो





प्रतिक्रिया