भोटेकोशी बाढीको ६८ दिन: बाढीपीडितद्वारा विदुरमा प्रदर्शन, प्रजिअ र नगरलाई ६ बुँदे मागपत्र
नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ६८ दिन बितिसक्दा पनि सरकारी निकायबाट कुनै ठोस सहयोग र पुनर्स्थापना नभएको भन्दै नुवाकोटका बाढीपीडितहरू आक्रोशित बनेका छन्।

बाढीका कारण आफ्ना परिवारका सदस्य, घरबार, खेतबारी र व्यवसाय गुमाएका प्रभावितहरू यतिबेला बिचल्ली र हरिबिजोगको अवस्थामा पुगेका छन्।
गैरसरकारी संस्थाहरूले खाद्यान्न र त्रिपालजस्ता आधारभूत राहत सामग्री उपलब्ध गराए पनि ६८ दिन बितिसक्दा सरकारी पक्षबाट कुनै प्रभावकारी कदम नचालिएको पीडितहरूको गुनासो छ। नगरपालिकाले विस्थापित परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँ घरभाडाबापत उपलब्ध गराउने घोषणा गरे पनि अहिलेसम्म उक्त रकम पाउन नसकेको उनीहरूले बताएका छन्।

यसैबीच, आफूहरूले भोगिरहेको समस्या समाधान र सरकारको ध्यानाकर्षण गराउन सोमबार नुवाकोटको सदरमुकाम विदुरमा सयौँको संख्यामा बाढीपीडितहरू भेला भई प्रदर्शन गरेका छन्। पीडितहरूले जिल्ला प्रशासन कार्यालय नुवाकोट पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई तथा विदुर नगरपालिकामार्फत ६ बुँदे मागपत्र पेश गरेका छन्।

ज्ञापनपत्रमार्फत बाढी प्रभावित परिवारको सुरक्षित पुनर्स्थापना र आवास निर्माण, रोजगारीको व्यवस्था, ठप्प बनेका व्यवसाय पुनः सञ्चालन, क्षति पुगेको जग्गाजमिनको सट्टापट्टा तथा बाँकी जग्गाको दिगो संरक्षणलगायतका मागहरू सम्बोधन गर्न आग्रह गरिएको छ।
आन्दोलन र दबाबमूलक कार्यक्रमहरूलाई व्यवस्थित र सशक्त बनाउन पीडितहरूले विदुर नगरपालिकाका पूर्व वडाध्यक्ष सूर्यबहादुर कँडेलको संयोजकत्वमा दबाब समिति गठन गरेका छन्।

समितिको सहसंयोजकमा ढुङ्गेका पुराना व्यवसायी सुरेन्द्रराज केसी रहेका छन् । समितिले आफ्ना मागहरू तत्काल पूरा नभए सशक्त आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास, ‘फास्ट ट्र्याक’मा निर्माण सम्पन्न गरिने
बाढीले घाइते बनाएका ढुङ्गानाको नाम बेपत्ता सूचीमा
त्रिशुली बाढीको पीडा समेटिएको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक
भोटेकोशी बाढीको ६८ दिन: बाढीपीडितद्वारा विदुरमा प्रदर्शन, प्रजिअ र नगरलाई ६ बुँदे मागपत्र
एकैदिन सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो





प्रतिक्रिया