बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
नुवाकोट । नेपालीहरुको महान् चाड बडा दशैंको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित देउरालीमा खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

स्थानीय कञ्चना देउराली युवा क्लबको आयोजनामा ‘७A Side सातौँ देउराली अर्चले तथा प्रथम मेयर कप खुल्ला फुटबल प्रतियोगिता २०८३’ आयोजना गर्न लागिएको हो।
“नव प्रतिभाको पहिचान, खेल खेलाडी र समुदाय जोड्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेल प्रतिभाको उजागर गर्नुका साथै युवाहरुलाई खेलकुदमार्फत समुदायसँग जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
प्रतियोगिता आगामी असोज २५ गतेदेखि ३१ गतेसम्म बेलकोटगढी नगरपालिका–६ स्थित अर्चले खेल मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगिताका विजेता टोलीले नगद रु २,००,०००/- (दुई लाख) का साथमा आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेता (द्वितीय) हुने टोलीले नगद रु १,००,०००/- (एक लाख) सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्।
व्यक्तिगत तर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । जसमा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी, अनुशासित टोली र म्यान अफ दि म्याचले नगदसहित ट्रफी पाउने अायाेजकले जनाएकाे छ ।
प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक क्लब तथा टोलीहरूका लागि असोज १६ गतेदेखि २२ गतेसम्म दर्ता समय तोकिएको छ। टोली दर्ता शुल्क रु १४,०००/- (चौध हजार) निर्धारण गरिएको छ।
खेल संयोजक प्रसन्न थिङका अनुसार प्रतियोगितालाई मर्यादित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक सम्पूर्ण तयारी अगाडि बढाइएको छ।

प्रतियोगिता सम्बन्धी थप जानकारी तथा टोली दर्ताका लागि आयोजक समितिका प्रतिनिधिहरू रोशन थिङ (९८०३६२४६०९), सन्देश तामाङ (९७०४४८५१६८), प्रदिप नेपाल (९८६६५२८२०
८), रिदम बास्कोटा (९८६५२६३२४१) वा हट्सएप (WhatsApp) नम्बर ९८२३२२४०७२ मा सम्पर्क गर्न सकिनेछ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न





प्रतिक्रिया