नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
विदुर खबर
२०८३ भदौ २३ गते १३:३३
नुवाकोट । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्र नुवाकाेटमा हैजा संक्रमणविरुद्धका खोप पठाएको छ ।

मंगलबार नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज-फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ ।
रसुवामा आइतबार हेलिकोप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । साथै रसुवामा खोप अभियान यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदै छ ।
बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा संक्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














कांग्रेसका नेता पाण्डेद्वारा सक्रिय राजनीतिबाट विश्रामको घोषणा
वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक





प्रतिक्रिया